Thursday, April 9, 2009

धर्म परिवर्तन गरी क्रिश्चियन बनेका प्रधानमन्त्रीलाई भेट्ने कुनै औचित्य नै छैन-उपाध्याय


मधुसुदन उपाध्याय हिन्दू एकता रथ यात्राका संयोजक, ४१ वषर्ीय ट्राफिक चोक, विराटनगर-१४ निवासी हुनुहुन्छ। २०२४ सालमा जन्मी २०४४ सालदेखि विराटनगरमा औषधि पसल तथा क्लिनिक संचालन गर्दै आइरहेका थिए। तर देशलाई धर्म निरपेक्ष राष्ट्र घोषणा भएको र देशका जनताहरू विगत ८ वर्षेखि धर्म परिवर्तन गरी पैसा कमाउन तिर लागेको हुनाले दुःखी भएका छन्। 
र् धर्म र राष्ट्र जोगाउन २०६४ साल चैत महिनादेखि विश्व हिन्दू एकता परिषद नामक संस्थाको स्थापना गरी हिन्दू धर्म जोगाउन तिर लागीरहनु भएको छ। १८ सय महिला तथा पुरूष, साधुसन्त तथा स्थानीयबासी उक्त संस्थामा सदस्यहरू रहेका छन्। सदस्यहरू मोरंग, झापा तथा सुन्सरीका रहेका छन्। १ छोरा, १ छोरीका पिता मधुसुदन उपाध्यायको श्रीमतीको भने र्स्वर्गवास भइसकेको छ। 
हिन्दू एकता रथ यात्राका संयोजक मधुसुदन उपाध्यायसंग फोटो पत्रकार उत्तम खड्गीले लिएको अन्तर्वार्ताको सार संक्षेप-
- रथ यात्राको मुख्य उद्देश्य के हो - 
० नेपाल देशलाई हिन्दू राष्ट्र घोषणा गराउन, गौ हत्या बन्द गराउन, गुठी र मठ मन्दिरहरूलाई सरकारको हस्तक्षेपबाट मुक्त गराउन। 
- रथ यात्राको सुरूवात कहिले र कहा“बाट भएको हो - 
० रथ यात्रा फागुन २९ गते मेची नदीबाट सुरू गरेको र २०६६ वैशाखको अन्तिममा महाकालीको टनकपुरमा पुगेर विर्सजन गर्नेछौं। 
- हिन्दू राष्ट्र घोषणा हुन्छ त - 
० हिन्दू राष्ट्र घोषणा गराउनेमा आशावादी छ“ु, यो देश कसेको पेवा होइन, वर्तमान सरकार धर्म बेचेर डलरको खेती गर्दैछ। देशलाई बेचिरहेको छ। हामी धर्मलाई अंगालेर धर्म बचाउनेतिर लागेका छौं। 
- नया“ बन्ने संविधानमा गाइलाई राष्ट्रिय जनावरबाट हटाउनर्ुपर्छ भन्ने विभिन्न धर्म तथा जातिहरूको मांग छ तपाई के भन्नुहुन्छ - 
० गाइ हिन्दूहरूको आमा हो, भगवान लक्ष्मीको प्रतीक हो। कसैले भन्दैमा गाईलाई राष्ट्रिय जनावरबाट हटाउनु हु“दैन। गाइ हत्या गर्नेलाई २० वर्षो सजाय छ तर अब ३३ वर्षगर्नुपर्छ। 
- देश गणतन्त्रमय भइसकेको बेला देशलाई हिन्दू राष्ट्र कायम गर्न सम्भव छ त - 
० जब देशमा गणतन्त्र आउन सक्छ भने देशलाई फेरि हिन्दू राष्ट्र घोषणा गर्न किन मिल्दैन।
- कसरी हिन्दू राष्ट्र कायम गर्नुहुन्छ - 
० हामीसंग १८ सय सदस्यहरू छन्, त्यसमध्ये १ हजार साधुसन्तहरू काठमाडौंको गौशालामा २०६६ साल असारमा तेश्रो चरणको कार्यक्रममा आमरण अनसनमा बस्दैछन्, जबसम्म नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्दैन तबसम्म अनसन जारी रहने छ। त्यस कार्यक्रममा देशभरि चक्काजाम पनि गरिनेछ। 
- कति दिनमा वीरगंज आइपुग्नुभयो तपाईहरू - 
० २३ दिन लाग्यो हिंड्दाहिड्दै बाटोमा धेरै बाधाहरू आयो। र्सवहारा मुक्ति मोर्चा नेपालका कार्यकर्ताहरूले मोरंगको गोठ गाउ“मा र धनुषाको महेन्द्रनगरमा रथ जलाइदिए। रथमा रहेको भगवानको फोटो जलेर पर्ूण्ारूपले नष्ट भयो। नगद रू ३७ हजार र २१ हजार लुटियो। 
- प्रथम चरणको कार्यक्रम कसरी गर्नुभयो - 
० प्रथम चराण्को कार्यक्रम मोरंगमा साधुसंतहरूद्वारा ३ दिनसम्म मशाल जुलुस तथा कोणसभा गरियो। 
- दोश्रो चरणको कार्यक्रम नि - 
० दोश्रो चरणको कार्यक्रम मेचीदेखि महाकालीसम्म हिन्दू एकता रथ यात्रा गरी हिन्दू धर्मको प्रचार गर्दै गरियो। 
- काठमाडौंमा गएको बेला प्रधानमन्त्रीलाई भेट्ने कि नभेट्ने - 
० आप\mनो धर्म परिवर्तन गरी क्रिश्चियन बनेका प्रधानमन्त्रीलाई भेट्ने कुनै औचित्य नै छैन। 
- राष्ट्रपतिलाई नि - 
० राष्ट्रपतिलाई भेटी आप\mनो कार्यक्रमबारे जानकारी गराउने र हिन्दू राष्ट्र कायम गर्नुपर्नेबारे जोड 
दिनेछौं। 
- राजालाई भेट्ने कार्यक्रम छ कि छैन - 
० राजालाई अहिले भेट्ने कुनै कार्यक्रम छैन। अहिले राजालाई भेटे भने बदनाम भइन्छ।