Tuesday, June 23, 2009

श्रम शक्ति नै राष्ट्र शक्ति हो- शिवराज बास्कोटा

-नेपाल औषधि कर्मचारी संघको उद्देश्य- व्यवस्थित औषधि उद्योग र औषधि
व्यवसाय, मर्यादित उद्योगपति र व्यवसायी सुरक्षति औषधि श्रमिक तथा
कर्मचारी अनुसार श्रम ऐन कानून र टे्रड युनियन ऐन निर्धारित गरिएको छ।
श्रम ऐन कानून र टे्रड युनियन ऐन अनुसार राज्यको कानून नमान्नेहरूलाई
राज्यबाटै कारबाहीको व्यवस्था हुने र कर्मचारी संघले पनि आप\mनो
क्षेत्रबाट आवाज उठाउने कुराहरूबारे नेपाल औषधि कर्मचारी संघका केन्द्रीय
अध्यक्ष शिवराज बास्कोटासंग परीक्षार्थी पत्रकार समीक्षा पंडित
क्षेत्रीले गरेको सार संक्षेपको कुराकानी-
-नेपाल औषधि कर्मचारी संघ खोल्नुको मूल उद्देश्य के हो -
० "श्रम शक्ति नै राष्ट्र शक्ति हो। श्रमको सम्मान गरौं।" भन्ने एक मूल
मन्त्र बोकेको यस संघले राज्यभर औषधि उद्योग र औषधि व्यवसायमा कार्यरत
श्रमिक तथा कर्मचारीहरूको श्रमको सम्मान होस् भनेर खोलिएको हो।
- अब आउने आगामी दिनमा श्रमिक तथा कर्मचारीहरूको लागि संघको के कस्तो
कार्यक्रम रहेको छ -
० हर्ेर्नुस्, यसको लागि नेपाल औषधि कर्मचारी संघले राज्यमा औषधिमा
कार्यरत सम्पर्ूण्ा कर्मचारीहरूको पेशागत सुरक्षाको ग्यारेन्टी र सामाजिक
सुरक्षाको लागि १५ बुंदा मांग राखी हाललाई काठमाडौं केन्द्रीत र केही
समयपछि प्रत्येक अञ्चलमा आन्दोलन चालिनेछ।
- यस संघको मूख्य मांग चाहिं के-के रहेका छन् -
० औषधि उद्योग र औषधिको थोक तथा खुद्रा व्यवसायीज्यूहरूको खस्कदो साखः
बचाउनको लागि अनुरोध मात्र मांग रहेको छ।
- तपाईहरूले किन यस्तो मांग राख्नुभएको हो -
० किनभने नेपाल राज्यले बनाएको नियम कानूनलाई पालना गर्न र राज्यको नियम
कानून उल्लघंन गर्न पाइदैन भन्ने हाम्रो अनुरोध हो।
- राज्यको नियम के-कस्तो गरी लागू भइरहेको छ -
० हामी यही त भनिरहेका छौं, श्रमिक राख्ने व्यवस्थापनमा प्रबन्धक वा
उद्योगपतिले श्रम ऐनलाई पालना गर्नु पर्दछ। हामी सरकारको सम्बन्धित
क्षेत्र श्रम हर्ेर्ने निकायलाई पनि ब्यूंझाउन चाहन्छौं। राज्यको नियम
कानून राम्रोसंग पालना भए, नभएको हर्ेर्ने काम सम्बन्धित विभागको होइन र
-
- यस औषधि क्षेत्रमा राज्यको निगरानी त पक्कै पनि भएको होला नि - कि होइन र -
० कहां छ राज्य, श्रम ऐन र टे्रड युनियन ऐनलाई पालना गराउने अधिकारीहरू
यस औषधि क्षेत्रमा समस्या बुझ्ने कार्यमा निगरानी भए जस्तो मलाइ लागेन।
- अबका आगामी दिनहरूमा उद्योगी र व्यवसायीहरूले यस व्यवसायमा कस्तो
किसिमको सुधार ल्याउंछन् होला त -
० सुधार गराउन हामी प्रतिबद्ध छौं र हामी पुनः दोहोर्‍याउंछौं औषधि
व्यवसायीमा सुधार ल्याउनको लागि राज्यभर औषधिको सहज आपर्ूर्ति गर्नेे
तयारीमा छौं। मलाइ आशा छ समयमै उद्योगी र व्यवसायीहरूको ध्यान जाओस्।
- यो जुन तपाईहरूको संघको लर्डाईं छ नि, यो कस्का लागि र कहिलेसम्मको
लागि चलिरहन्छ -
० जीवन-मरणलाई ध्यानमा राखी अति संयमित र मर्यादित भएर काम गरिरहेका
हाम्रँ श्रमिक तथा कर्मचारी साथीहरूका लागि हो। जो बिहान ६ बजेदेखि राति
१० बजेसम्म २ हजार ३ हजारमा पसिना चुहाइ रहनुभएका
छन्।
ती श्रमिकहरूलाई साहुको इच्छामा होइन राज्यको कानूनमा ल्याइ टे्रड
युनियन ऐन पर्ूण्ारूपमा पालना नभएसम्म हाम्रो आन्दोलन चलिरहन्छ।
- अन्त्यमा संघसंग सम्बन्धित श्रमिकहरूमा के सन्देश दिन चाहनु
हुन्छ -
० मेरो श्रमिक तथा मजदूर साथीहरू फुटेर होइन छाती खोलेर भन्ने आंट
गर्नुहोस्। हामी औषधिमा काम गर्ने श्रमिक कर्मचारी हौं, त्यसैले उच्च
आवाजमा बोलौं। "श्रम शक्ति नै राष्ट्र शक्ति हो, श्रमको सम्मान गरौं।