Thursday, December 3, 2009

यसरी पो बचेका रहेछन् पारस शाह

-चन्द्रकान्त ँउदास’-
नारायणहिटी दरबार हत्याकाण्डमा प्रत्यक्षदर्शीमध्ये अर्का जीवित रहस्यमय पात्र राजा वीरेन्द्रका विश्वासिला व्यक्ति महेश्वरकुमार सिंह पनि भएको कुरा उनकै बयानबाट स्पष्ट हुन्छ। राजा वीरेन्द्रलाई गोली लाग्नु पर्ूव जर्नेल रवि र महेश्वरकुमार सिंहसंगै उभिएर वार्ता गर्दै रहेका अवस्थामा कम्ब्याट पोसाकमा आएका दीपेन्द्रले राजा वीरेन्द्रलाई गोली हानेर बाहिर गएको अनि फेरि केहीबेरमै भित्र पसेर वीरेन्द्रलाई नै गोली हानेको कुरा बयानमा उल्लेख छ। तर राजा वीरेन्द्रका विश्वासिला पात्रहरू रवी र महेश्वरकुमार सिंहलाई दीपेन्द्रले केही नगर्नु पनि आर्श्चर्य मान्दछन् विश्लेषकहरू। सिंहको बयानमा कम्ब्याट पोसाकमा रहेका दीपेन्द्रस“ग दर्ुइ वटा हतियार भएको पनि उल्लेख छ। एकपटक गोली हानेर बाहिर जा“दासम्म पनि कसैबाट कुनै प्रतिक्रिया नभएको बयानबाट बुझ्न सकिन्छ। महेश्वरकुमार सिंहका अनुसार पहिले घटनास्थलमा नदेखिएका पारस शाह केही बेरमै देखापरे पछि दीपेन्द्रले गोली चलाउ“दै पारसतर्फलम्के पछि पारसले 'नाई दाइ नाई दाइ' भनेका र दीपेन्द्रले पारसको अनुरोधलाई स्वीकार गरेर अरुलाई गोली हान्न थालेको बुझिन्छ। जर्नेल रवि, महेश्वरकुमार सिंह, पारस, हिमानी, प्रेरणालगायतका शाहज्यादीहरू र डा.राजीव शाही लगायतलाई गोलीको निसाना नबनाउने कम्ब्याट पोसाकका दीपेन्द्र रक्सीले मातेर साधारण पोसाकमा सुताइएका भनिएका युवराज दीपेन्द्र होइनन् भन्ने कुरा महेश्वरकुमार सिंहको बयानले पनि स्पष्ट गर्छ। पढौं महेश्वरकुमार सिंहको बयानः-
-राजदबारको १९ गतेको जमघटमा यहा“को उपस्थिति थियो भन्ने राजदरबारको लिष्टबाट पनि थाहा पायौं। राजदरबारमा यहा“ हुनुहुन्थ्यो -
० हो थिए“।
- त्यहा“ जे जे देख्नुभयो यसलाई सम्झी सम्झी हामीलाई त्यसको जानकारी दिनुभयो भने रिपोर्टि· का लागि सजिलो पर्छ। त्यसैले सम्झी सम्झी आफूले थाहा पाएको, देखेको सारा कुरा बताइदिनोस् -
० ७ः३० बजे आइपुग्नु भन्ने एडिसी अफिसबाट हामीलाई खबर आएको थियो। दरबारमा ढिला गर्नुभएन भनेर २ मिनेट अगाडि नै पश्चिम ढोका बिलियर्ड बैठक त्रिभुवन सदनको बगंैचाको देबे्रतिरको एउटा बरण्डा, बरण्डाको देब्रे साइडको बिलियर्ड कोठामा २ मिनेट अगाडि पुगे“। म पुग्दाखेरि त्यो लेफ्ट साइडको ऐनाबाट देब्रे साइडका कोठामा युवराजाधिराज पहिले नै पुगिबक्सेको मैले देखे। युवराज बिलियर्ड एक्लै खेलिबक्सेको थियो। मैले दर्शन गरें म भित्र गए“। भित्र जा“दाखेरि कस्तो छ भनी दर्शन गरे“। डि्रंक्स लेऊ भन्ने हुकुम भयो। सरकार आफैले बार संचालन गरिबक्सेको थियो। सरकारको सवारी भैसकेपछि लिइहाल्छु नी भन्ने विन्ती चढाए“। हैन के भयो र लिई राख न मर्जी भयो। लौ त भनेर बक्स भयो लिए“। एउटा टेबुलमा लिएर राखें। त्यसपछि रवि भाइ छ नि रवि भाइको सवारी भएको जस्तो लाग्यो। त्यसपछि कुन क्रममा को सवारी भयो त्यो त सम्झना भएन। यो ७ः३० देखि ७ः४५ जति भयो होला। त्यसपछि बाहिर सवारी भयो। सम्भवतः श्री मुमा बडामहारानी सरकारको सवारी चलाउने हो कि - मैले त्यो दर्शन पाएको अवस्थामा उहा“को स्वास्थ्यस्थितिको अवस्था उहा“ एकदम सामान्य हा“सी हा“सी कुरा गरिबक्सने कुनै त्यस्तो अनौठो कुराचाहिं मैले पाइन। १५,२० मिनेट पछि बाहिर सवारी भयो। पहिले पनि त्यस्तो हुन्थ्यो। वरण्डाको त्यो राइट साइडमा एउटा अर्काे ज्वाइन हुन्छ। सवारी भएर सबै जम्मा भइसक्दा पनि महाराजाधिराज सरकारको सवारी त्यहा“ भएको थिएन। अब सवारी उता भयो भन्ने थाहा पाएपछि हामी सबै जना क्रम अनुसार दर्शन गर्न जाने भए म पनि गए“। अरु को को गए त्यो त सबै मलाई याद भएन। म गएको, पछि रवि भाइ गएको पनि याद छ। त्यहा“ गएपछि हर मेजेष्टी क्वीन पनि सवारी भएको थियो। उहा“ पनि छेउतिर खासगरी त्यो जेनेरेशनको छोराहरू मुमा बडामहारानी सरकार, श्री ५ बडामहारानी सरकार, श्री ५ अधिराजकुमारी हेलेन सरकार, म र रवि जरसाप अगाडि सोफामा बस्यौं। कुराकानी हुन थाल्यो, त्यत्ति हो। अनुमानित अहिलेसम्म भनौं अब कति भो ८-१० या लगभग ८ः३०मा श्री ५ महाराजाधिराज सवारी होइबक्स्यो। कुरा गरिबक्सन लागिबक्सेको देखेर मचाहिं बाहिर आए“। रवि जरसाप पनि बाहिर आएजस्तो लाग्छ मलाई। एक्ज्याट थाहा छैन मलाई। सोफाहरू भएको ठाउ“बाट त्यो रुमबाटै बाहिर आए“। कुरा गर्न लागि बक्सेको देखेर बस्न पनि त उचित भएन भनेर रुमबाट बाहिर आयौं। त्यहा“भित्र श्री ५ मुमाबडामहारानी सरकार, रविवक्रम शाह, श्री ५ बडामहारानी सरकार, ४ जना महारानी मात्रै बाहिर आइबक्स्यो। बाहिर आएपछि त्यो बरण्डामा देख्नु नी भा होला। त्यो बरण्डामा बस्ने ठाउ“ छ, एउटा गोलो त्यहा“ श्री धीरेन्द्र शाह, कुमार खड्ग विक्रम शाह अलरेडी त्यहा“ राज भैसकेको थियो। त्यसपछि कुराकानी गर्न लागे। लगभग....शाहको सवारी १० देखि १५ मिनेट पछि घडी हेरेको थिएन, श्री ५ बडामहाराजाधिराज सरकारको सवारी बाहिर होइबक्स्यो। वरण्डाबाट सवारी भएर बिलियर्ड रुममा सवारी भैबक्स्यो। सवारी भएपछि डि्रंक्स र केही लिइबक्सेला र दर्शन त गर्नै पर्‍यो भनी हामी पछि पछि गएको, त्यहा“ श्री ५ बाट कोक लिइबक्स्यो। त्यो बेलामा शान्ति शाहको सवारी त्यहा“ छैन। अनि मैले सम्झे अनुसार महाराजाधिराज सरकार, म र रवि जरसाहेव थियौं। धीरेन्द्र शाह, हेलेन शाह, कुमार खड्गविक्रम शाह अनि कर्नरतिर मैले देखिन पारस शाह हुनुहुन्थ्यो वा हुनु हुन्थ्ोन। शाहज्यादी हिमानी सरकार, अनि यादगरेसम्म श्री ५पूजा सरकार, श्री साहज्यादी प्रेरणा सरकार, श्री ५ शिताष्मा सरकार, श्री शाहज्यादी दिलाशा सरकार अरु ठूलो तर जुन स्पटमा उभिएको 5mु, त्यहा“ पनि देखिएन, यसो अनुमानचाहिं कतैतिर लाग्यो पारस शाहचाहिं पक्कै त्यहा“ होइसिन्नथ्यो, तर बिलियर्ड टेबुलको भनौं न सिरानतिरस“गै दर्ुइ तीन फिट हटेर सरकार उभिस्याथ्यो। डि्रंक्स लिइबक्सेको थियो। उहा“को दाहिनेतिर मेरो लेफ्टतिर उहा“ जनरली होइसिन्थ्यो। उनी झण्डै झण्डैको राइटमा म उभिएको छु। मेरो पिठचाहिं बिलियार्ड बैठकको जुन प्रवेशद्वार छ, त्यतै सोझै मेरो अगाडि धीरेन्द्र शाह अनि उहा“को देव्रे खड्ग विक्रम होइबक्सिन्छ। अनि त्यो एउटा र्सकल जस्तै मेरो वाइफलाई पनि निमन्त्रणा थियो, उसलाई सञ्चो नभएर आउन सकेन, त्यो कुरा मैले जाहेर गरें। स्वास्थ्यको विषयमा कुरा चल्यो, त्यस्तै कुरा भैराखेको थियो, लगभग त्यो कति बेला होला पौने नौ र ८ः५०-८ः५५ बीचको लगभगमा होला कुरा हु“दै थियो। मैले एउटा पछाडितिर केही आवाज आएको जस्तो सुनेको थिए“। सुन्दाखेरि पछाडि केही आइराखेको होला तर पछाडि फर्केर हर्ेदा युवराजाधिराज सरकार कम्प्िलट ब्याटेल डे्रस, त्यो टाटेपाटे डे्रस, टोपी, हातमा अटोमेटिक वेपन अनि क्लियर रूपमा देखेको छु मैले। एउटादेखि दर्ुइवटा देखें भन्छन् मान्छे, तर मैले देखें...त्यो थाहा हुने कुरा पनि भएन। त्यो देख्ने वित्तिकै त्यो के हो कसो हो अनुमान गर्न सकिन्न। त्यस्तो होला भनेर तर त्यस्को वास्तै गरिएन। ...फेरि कुरातिर लाग्यौं। ...डेढ २ सेकेन्ड जस्तो लाग्छ, ड्याङ्ग दर्ुइ आवाज आयो। मलाई लाग्यो टिभीतिर हो कि भन्ने लाग्यो। यति नजीक मेरो कानमा पर्‍यो म त एयर ड्रम नै ब्रस्ट भयो कि भनेर कान बन्द भयो। एकछिन आ“खा पनि झिम्म भयो। त्यो बेलामा कान बन्द भएपछि कम सुनिने भयो। त्यो बेलामा घरर गरेको आवाज सुने। तै पनि के भयो भनेर यसो हेेरें यसो हेरें पछाडि त मैले हेरिन जस्तो लाग्यो....३५ ड्रि्री लेफ्टतिर होइबक्स्न्थ्यो। अनि यसो अलिअलि गरेर दाहिनेतिर लम्की बक्सिएको जस्तो लाग्यो, यो विचार गरें, अझ र्फदर भएपछि त्यसबीचमा रविन्द्र शाह पनि र्सतर्क हुनु भयो। त्यहा“बाट कुन बेला डा.राजीव शाही दौडिएर आएर सरकारको पछाडि भनिबक्सेको थियो। ....भनिबक्सियो। अनि उहा“ले सपोर्ट गर्न खोज्यो। उहा“को बाहुलीमा भएजस्तो लाग्छ। अनि उहा“ एक्लै फ्लोरमा सरकारलाई सुकला गराइबक्स्यो। गराउनै पर्‍यो। त्यति भयो। म पनि पछाडि दौडिएर केही मद्दत गर्नुपर्छ कि भनेर सिरानतिर पुगें, घुमे अनि उहा“को रगत पूरा पूरा भैसकेको थियो। त्यो एकदम कन्फ्यूजन थियो। मान्छेहरू के हो कसो हो भनेर हडबडाएको स्थिति थियो। त्यति भएपछि रेस्क्यू गर्नुपर्ला भन्ने लाग्यो। र पनि ३,४ वटा सम्भिmन्छु, ह“...श्री ५ ऐर्श्वर्यको सवारी जस्तो लाग्यो मलाई बाहिरतिर हो कि - पछाडि होकि - सवारी भयो। अनि शान्ति शाह, उहा“ दुइ हात हल्लाएर ओ के भयो के भयो भनेर कम्प्लेन गर्न लागिबक्स्यो। अनि तुरुन्तै बाहिर सवारी भयो। मद्दतको लागि होला अरु केही होला।
- बाहिर भनेको कता -
० बरण्डातिर त्यसपछि ह“ मैले सम्झे अनुसार श्री अधिराजकुमारी शारदा शाह उहा“को पछि पछि सवारी भैराहोला। उहा“ भित्र पसिबक्सेको श्री ५महाराजाधिराज नै सवारी हुन लागिबक्सेको होला। यसबीचमा फेरि श्री ५ युवराजाधिराज सवारी भयो। सवारी भएपछि सोझै धीरेन्द्र सरी बक्सेको केही हुकुम भएको हो कि मुभमेण्ट भएर जस्तो लाग्यो। केही हुकुम भए जस्तो लाग्यो। खाली मुभमेण्ट मात्र देखें। कुरा सुनिएन। त्यसपछि ढ्याङ्ग हानिबक्स्यो। उहा“ ढलीबक्स्यो। उहा“ ढली बक्सेपछि पारस शाहले हातले थुनिबक्सेको थियो, उहा“ ढलेको देखेपछि उहा“ अगाडि के भयो भनेर उहा“को अगाडि अलमोस्ट छुनेगरी ढली बक्स्यो। त्यो भएपछि....ओहो यो त.... हुनलाग्यो। यस्तो बेलामा मलाई.... यो त नचाहिने कुरा हुन लाग्यो भनेर म त.... यसबीचमा पारस शाह सोझै देखिनु भयो.... कर्नरको अपोजिट उहा“ के डण्ट स्ट्याण्ड, सिट डाउन, सिट डाउन, डण्ट वी अन द फायरलाइन हुकुम भयो। म त र्सरर दौडिएर पछाडि गए“। पछाडि गएपछि यसो घोप्टिएर चल हल नगरेर अब यसो भएपछि देख्ने त कुरै आएन, सुन्न चाहिं त्यो हो त्यहा“ बसें। त्यसपछि फायरिङ्ग भएपछि धीरेन्द्र शाह, कुमार खड्ग विक्रम शाह, प्रिन्सेज शाहलाई हानेपछि ३ वटा त देखें। अरु हानीबक्सेको होइन। म त्यहा“ त्यो अवस्थामा छु ह“ मेरो पछाडितिर अधिराजकुमारी शाहज्यादी सरकार, हिमानी सरकार, पूजा सरकार, शिताष्मा सरकार, दिलासा सरकार, प्रेरणा सरकार एकदम गुच्चमुच्च गरेर एउटा कुनामा राज भएको थियो। अब यो भएको करिब ४,५ पटक होला, त्यसपछि फेरि मैले त्यहा“ मूल ढोका गेटतिर कोही कराएको हाहु गरेको शाहहरू उता सवारी भएको गेटतिर त मैले देखेको छैन। त्यहा“बाट गेटतिर त देखिंदैन देखिदैन। मैले साथीभाइस“ग सवारी भएको होला, फायररिङ्ग भएको होला, कसलाई कहा“ लाग्यो भन्ने कुरा थाहा भएन। अनि त्यही बेला पारस सरकारबाट एउटा.... उहा“चाहिं मभन्दा ५,६ फिट अगाडि....भैराखेको थियो। मैले आवाज सुनें, नाइ दाइ नाइ दाइ हुकुम भयो। त्यसमा त सुनिराखेको छु। सवारी भएको.... त्यत्ति हो। त्यसपछि क्वाइट केही आवाज आएन। अब त्यसको अर्को ३,४मिनेट पछि अलि टाढा बिलियार्ड बैठकको गेटकै अगाडि बगैंचा जाने बाटो छ जहा“ राज हुने कक्ष त्यतै पर्छ, बगंैचाहरू छ, पानी ब्रिज पनि काठको घर बरण्डा हरेक एक्ज्याक्टली डिस्टेन भन्न सकिन्न। तर डेफिनेटली बरण्डातिर होइन बरण्डाभन्दा त्यो बगंैचातिर हुनर्ुपर्छ। सट त्यो अटोमेटिक हु“दैन। २ सट सुनेजस्तो लाग्छ, ढ्याङ्ग ढ्याङ्ग। त्यसपछि कुनै.... केही भएन। त्यसबीचमा दौडा दौड घारघुर मान्छे दौडिए.... त्यहा“ त मान्छेहरू सिसा फोरेर पनि मान्छे पसे...म त्यही पोजिसनमा छु। ....म जुन गेटबाट पसंे, त्यही गेटबाट निस्केको छु। अगाडिको गेटमा केही ऐना फुटेको छ। त्यहा“बाट म उनीहरू पछि पछि म पनि लागे“। अनि .... सवारी भैसकेको थियो। एउटा अर्को मिनिवस रहेछ, म आफै ड्राइभ गरेर आए“। त्यो मलाई कुन बेला हो थाहा छैन। एउटा यहा“ प्वाल छ। एउटा यहा“ राइट निर एउटा यहा“.... त्यो पछि रगताम्य भएपछि थाहा भयो, त्यही कुनामा रगत कुनामा भएको बेलामा लाग्यो होला, त्यही बेलामा श्री ५ शाहज्यादी प्रेरणा शाहले आम्मै त्रि्रो हातमा के रगत हुकुम भएको थियो। मैले थाहा पाइसकेको थिए। त्यसपछि ड्राइभ गर्न सक्दैन, अस्पताल जानु पर्‍यो भनेर रुममा बसें। त्यसपछि सरासर अस्पताल गए“। अस्पतालमा ठूलै रुम छ , सानो थियो, त्यो स्क्वायर रुम छ, मेन रिसेप्सनबाटै जानर्ुपर्छ त्यहा“ धमाधम ल्याएर उनीहरूले व्यवस्था गरे, सानो सानो बेडहरू ल्याएर डाक्टरहरूले घेरेको छ। धमाधम ल्याएर राख्यो। मचाहिं त्यहीं घुमी राखेको छु। हरेक ठाउ“मा पुगेर घुमेको छु। कस्तो के छ भनेर सोध्ने प्रयास गरें श्रुती शाहलाई.... गर्ने कोशिस गरें त्यहा“ जाने कुरा भएन। कुमार खड्गलाई पनि त्यही अवस्थामा कोशिस गर्दै.... त्यहा“ पनि .....अर्कोतिर यसो हर्ेर्छर्ुु...श्री ५ मडामहारानी सरकार त्यो बेलामा स्वर्गीय भैसकेको थियो। अनि....शान्ति शाह पनि मृत अवस्थामा पुगिबक्सेको जस्तो लाग्यो। अनि जयन्ती शाह उहा“को पनि स्वर्गीय भैसकेको थियो। अनि कुरा गरें। श्री ५ अधिराजकुमारी शोभाकोमा उहा“ले कम्मरमा चिसो लाग्यो, कम्मरमा बा“धिदेउन हुकुम भयो, बा“धिदिए। अनि धीरेन्द्र शाह....२ दिनपछि .... सिक्नेस.... होइबक्सन्थ्यो ....त्यो त मेडिकल बेड.... चेन अलि तल तानिदिए“ ब्लीडिङ्ग भयो। अनि केतकी चेष्टर मलाई यहा“ दुख्छ ब्लिडिङ्ग भइराखेको मर्जी भयो। अक्सिजन दिन लाग्नु भनेपछि डाक्टर हो वा कम्पाउण्डरलाई भनें, त्यति भएपछि मुमा बडामहारानी सरकारको सवारी भयो। पारस शाह पनि सवारि होइबक्स्न्थ्यो। यो गर उ गर भनेर अह्राइबक्स्न्थ्यो। मलाई यस्तो भयो भनेपछि डे्रसिङ्ग गर्‍यो। सानो प्वाल छुटेको रहेछ, आफंैले टालटुल गरें।
-घटना हु“दा हजूर कहा“ हुनुहुन्थ्यो -
० -देखाउ“दै) यो बिलियार्ड रुम भयो, श्री ५ महाराजाधिराज सरकार यहा“निर होइसिन्थ्यो। म यहा“निर थिए“।
- श्री ५ बडामहारानी सरकार यो कर्नरमा हो -
० त्यो मलाई याद भएन बडामहारानी सरकार कहा“ होइबक्सिन्थ्यो। सानो बैठकमा हुनर्ुपर्छ। यता हामी ब्याकमा पर्‍यौं। कुराकानी थाल्ने ५ मिनेट ...२/३ मिनेट भएको होला। त्यस बीचमा को कता होला बिचारै पुगेन, भएको कुरा त्यही हो मलाई लाग्छ बाहिरबाट सवारी भएको होला।
- कम्ब्याट डे्रसमा युवराजाधिराज सरकार सवारी हु“दा कतिवटा बन्दुक पेस्तोल इत्यादि के थियो -
० मैले अघि पनि भनेको छु। युवराजाधिराज सरकारले कम्ब्याट डे्रसमा एउटा राइट मैले बा“धेको देखेको छु।
- त्यो कन्र्फम भन्न त गाह्रो छ तर त्यो यसो हर्ेदा अटोमेटिक वीपन हुनर्ुपर्छ। कुन टाइप के भन्नु - एक्र्सपर्टले भन्ने कुरा हो।
० के लिन्छौं भन्दै हुनुहुन्थ्यो मैले फेमस रम लिन्छु भनें त्यो त भर्खरै....एक्चुअली महाराजाधिराज सरकार सवारी नभईकन त्यो मौकै भएन, तर त्यो मेरो पहिलो स्प्रीरिट अनुसार....दिंदा पनि ढिला हु“दैनथ्यो। तर घटना घटेको करीब ९.०५ तिरमा हुनर्ुपर्छ वा ८.५०/८.५५ तिर हुनर्ुपर्छ त्यो बीच सरकार भर्खर लिएर राज भएको १ मिनेट भएको छैन, तर शुरु भएको थियो। - साभारः जनधारणा